Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

राजुनाथ पाण्डेलाई सात बुँदे स्पष्टीकरण,चित्तबुझ्दो नभए कारबाही गर्ने

राजुनाथ पाण्डेलाई सात बुँदे स्पष्टीकरण,चित्तबुझ्दो नभए कारबाही गर्ने

मंगलवार , जेठ ७, २०८२

काठमाडौं । काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिएको छ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधेका छन् ।

गुरागाईँले पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधको महानगरले जनाएको छ । स्पस्ष्टीकरणमा कर्मचारीका रुपमा आफूले पालना गर्नुपर्ने आचरण तथा अनुशासन समेत पालना नगरेको, सञ्चार माध्यममा अनधिकृत बयानवाजी गरेको, जनप्रतिनिधिहरूसँग मुखमुखै लागि अमर्यादित व्यवहार देखाएको, वातावरण शान्त पार्ने उद्देश्यले दिएको आदेश पालना नगरी वातावरणलाई नियोजित ढङ्गले उत्तेजित बनाई द्वन्द्व निम्त्याउने काम गरेको विषय उल्लेख छ ।

केही दिन अघि गुरागाईं आफ्नो जिम्मेवारी सम्हाल्न महानगर जाँदा अवरोध गर्न भूमिका खेलेको पनि आरोप पाण्डेमाथि छ ।
उनलाई सात दिन भित्र रितपूर्वक स्पष्टीकरण पेस गर्न सूचित गरिएको छ । म्यादभित्र स्पष्टीकरण नबुझाएमा वा स्पष्टीकरण चित्तबुझ्दो नभए कानुन बमोजिम कारबाही गर्ने पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077