Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

विश्वनाथ पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर

विश्वनाथ पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर

मंगलवार , जेठ ७, २०८२

काठमाडौं । सर्वोच्च अदालतले अर्थशास्त्री प्रा.डा विश्वनाथ पौडेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आफ्नो प्रशासनको आदेशलाई सदर गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले दरपीठ आदेश सदर गरेको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए । यो आदेशसँग पौडेललाई गभर्नर नियुक्ति गर्न सरकारलाई सहज भएको छ ।

तर नियुक्तिपछि उनको योग्यता र अरु प्रश्न उठाई आगामी दिनमा रिट निवेदन दर्ता हुने सम्भावना भने टरिसकेको छैन ।

अधिवक्ताहरू प्रतिभा उप्रेती र विशाल थापाले अर्थशास्त्री पौडेललाई गभर्नर नियुक्त गर्न नहुने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077