दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा राजसंस्था कहिल्यै जनताको पक्षमा नभएको दाबी गरेका छन् ।
कम्युनिष्ट नेता नेत्रलाल अभागीको ४१औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।
उनले पूर्वराजाका समर्थकहरूले गर्ने भनेको आन्दोलन जनताका विरुद्ध हुने बताए ।
युवाहरुले विदेशमा पसिना बगाएर आफ्नो देश नबन्ने उनको तर्क छ ।
‘देश बनाउन आफ्नै देशमा पसिना बगाउनुपर्छ । विदेश जानु केहीको बाध्यता भए पनि धेरै रहरले विदेश जाने गरेका छन्’, उनले भने ।