Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

पाँचवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?

पाँचवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?

बुधवार , जेठ ८, २०८२

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ ।

संसद सचिवालयका अनुसार आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति बैठक बस्न लागेको हो ।

समितिका सबै बैठक सिंहदरबारमा बस्नेछन् । बिहान साढे ७ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा दुईवटा उपसमितिहरूले तयार पारेका प्रतिवेदनहरू समिति समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, पूर्वाधार विकास समितिको बैठक बिहान साढे ८ बजे बस्नेछ । बैठकमा विद्युत विधेयक–२०८० माथि संशोधनसहित दफावार छलफल हुनेछ ।

अर्थसमितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक), २०८० सम्बन्धमा विषय विज्ञ र सरोकारवालासँग छलफल गर्ने तयारी छ । बैठक बिहान ११ बजे बस्नेछ ।

सार्वजनिक लेखा समितिको बैठकमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन उपर छलफल हुनेछ ।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल हुने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077