Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

शशाङ्कलाई बजगाईंको चेतावनी– गाडी, सुनको रोलेक्स घडी र पैसा बारे स्पष्टिकरण माग्नु नपरोस्

शशाङ्कलाई बजगाईंको चेतावनी– गाडी, सुनको रोलेक्स घडी र पैसा बारे स्पष्टिकरण माग्नु नपरोस्

मंगलवार , जेठ १४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्र बजगाले गृहमन्त्री रमेश लेखकको बचाउमा लागेका शशाङ्क कोइरालामाथि गम्भिर आरोप लगाएका छन् ।
भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम आएपछि बजगाईंसहित कांग्रेस नेताहरु डा. शेखर कोइराला र सुनिल शर्माले राजिनामा दिन सुझाव दिएका थिए ।
तर, कांग्रेसको पदाधिकारी बैठकमा राजिना सुझाव दिने नेताहरुमाथि नै स्पष्टिकरण सोध्नुपर्ने आवाज उठेको थियो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले गृहमन्त्रीको बचाउ गर्दै पार्टीभित्रबाट राजीनामा माग्नेलाई नै कारबाही गर्नुपर्ने अभिव्यक्ति दिएका थिए ।
बजगाईंले आज आफूलाई स्पष्टीकरण सोध्नुपर्छ भन्ने कोइरालाको करोडौंको उपहारमाथि प्रश्न उठाएका छन् ।
उनले कोइरालाले पाएको गाडी, सुनको रोलेक्स घडी, पैसाले भरिएको डफल झोला र घरको पुनर्निर्माणको विषयमा स्पष्टीकरण मागिने भन्दै सामाजिक सञ्जाल एक्समा फोटो सहित स्टाटस राखेका छन् ।
उनले लेखेका छन्–‘म चाहन्थेँ कि मलाई एसयूभी उपहारहरू (एक किआ, दुई महिन्द्रा), सुनका रोलेक्स घडीहरू, नगदले भरिएका झोला, तथाकथित ‘घर मर्मतसम्भार’ वा राजनीतिक पदहरूको साटासाटबारे प्रश्न गर्न नपरोस् ? अवश्य पनि तपाईंलाई स्पष्टीकरण मागिनेछ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077