Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

१२ बजे आधा घण्टाका लागि स्थगित संसद बैठक अझै सुरु भएन

१२ बजे आधा घण्टाका लागि स्थगित संसद बैठक अझै सुरु भएन

मंगलवार , जेठ १४, २०८२

काठमाडौं। प्रतिपक्षी दलका सासंदहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको बैठक अझै सुरु हुन सकेको छैन ।

गृमन्त्रीको राजीनामा नआउँदासम्म संसद् अघि बढ्न नदिने भन्दै विपक्षी दलका सांसदहरुले अबरोध भएपछि सभामुख देवराज घिमिरेले आधा घण्टाको लागि स्थगित गरेका थिए ।

संसद स्थगित भएको दुई घण्टा बितिसक्दासमेत बैठक शुरु भएको छैन् । सभामुख घिमिरेले १२ बजे आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।

प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका विपक्षी दलले गृहमन्त्रीकोबरुद्धमा नारा लगाउदै राजीनामा माग्दै संसद् अवरोध गरेका थिए ।

बैठक स्थगित गरेर सभामुख आन्तरिक छलफलमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077