Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

राजेन्द्र लिङ्देनले भने - हाम्रो आन्दोलनमा प्रधानमन्त्रीले कार्यकर्ता बोलाएर भिडाउन खोज्दैछन्

राजेन्द्र लिङ्देनले भने - हाम्रो आन्दोलनमा प्रधानमन्त्रीले कार्यकर्ता बोलाएर भिडाउन खोज्दैछन्

मंगलवार , जेठ १४, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी आन्दोलनको बारेमा दिएको अभिब्यक्तिले जेठ १५ को पार्टीको कार्यक्रमलाई भड्काउन खोजेको बताएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार सम्पादकहरूसँगको छलफलमा यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्री ओलीले दिएको अभिब्यक्ति सच्याउने वा राजीनामा नै दिनुपर्ने स्तरको आएको उनले बताए ।

संविधानले दिएको स्वतन्त्रता सरकारले कुन्ठित गर्न खोजेको आरोप लगाउँदै उनले भने , ‘हामीले रत्नपार्कबाट कार्यक्रम गर्ने भन्दा प्रधानमन्त्रीको दलले त्यहीँ नजिकै कार्यकर्ता बोलाएर भिडाउन खोजेका छन् ।'

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने भन्दै कार्यकर्तालाई  तयारी गर्न निर्देशन दिएका थिए ।

राजावादीहरूले भने जेठ १५ गते राजा फर्काउने आह्वानसहित निर्णायक आन्दोलनको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077