Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

सत्तारुढ र विपक्ष दललाई मनाउन सभामुख असफल, संसद बैठक अनिश्चित

सत्तारुढ र विपक्ष दललाई मनाउन सभामुख असफल, संसद बैठक अनिश्चित

मंगलवार , जेठ १४, २०८२

काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएपछि गृहमन्त्री रमेश लेखकले आरोपबारे प्रष्ट पार्ने भन्दै आजको संसद बैठकमा बोल्ने कार्यक्रम तय भएको थियो ।

११ बजे सुरु हुने भनिएको बैठक केही ढिला सुरु त भयो तर लेखकले बोल्न भने पाएनन् ।

लेखकको राजिनामाको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपालगायतका दलले संसद अबरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि भन्दै बैठक स्थगित गरेको चार घण्टा बित्न लागि सकेको छ ।

अहिलेसम्म संसदको अवरोध खुलाउन सकिएको छैन् । संसद बैठक स्थगित गरेर सभामुख घिमिरे सत्ता र प्रतिपक्षी दलसँग छलफलमा छन् ।

सहमतिको प्रयास गर्न सभामुख घिमिरेको पहलमा बैठक बसेको छ । बैठकमा सभामुख, उपसभामुख तथा प्रमुख सचेतक र मुख्य सचेतक सहभागी छन् ।

तर, सत्तारूढ दल र प्रतिपक्षीको अडान कायमै रहँदा सभामुखलाई सहमती जुटाउन हम्मे परेको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेले बैठकमा आफ्ना धारणा राख्न उपस्थित भएका गृहमन्त्री रमेश लेखकलाई रोक्न नहुने अडान कायमै राखेका छन् ।

यता, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र रास्वपाले भने गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको मागको अडान कायम राख्दा सभामुख घिमिरेले सहमति जुटाउन सकेका छैनन् ।

भिजिट भिसाको नाममा करोडौं रुपैयाँ लिएर नेपाली युवालाई विदेश उडाउने गरेको घटना सार्वजनिक भएपछि त्यसमा गृहमन्त्रीसमेत संलग्न रहेको आरोप विपक्षीहरूले लगाएका छन् ।

सोही आरोपमा जवाफ दिन सदनमा उपस्थित भएका गृहमन्त्रीलाई बोल्न नदिई विपक्षीले लगातार अवरोध गरेपछि सभामुखले बैठक स्थगित गरेर सहमतिको प्रयास गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077