Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

ओलीको अभिव्यक्तिले निरंकुशताको सुरुआत गर्यो : कोइराला

ओलीको अभिव्यक्तिले निरंकुशताको सुरुआत गर्यो : कोइराला

मंगलवार , जेठ १४, २०८२

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

जीपी कोइराला लेबर फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीको अभिव्यक्तिबाट निरंकुशताको सुरुआत भएको टिप्पणी गरे ।

प्रधानमन्त्री ओलीले आइतबार एक कार्यक्रममा बोल्दै जेठ १५ गते काठमाडौं एमालेले कब्जा गर्ने अभिव्यक्ति दिएका थिए ।

कार्यक्रममा उनले पार्टीले स्पष्टिकरण सोध्ने तयारी गरेको बारेमा पनि जवाफ दिन भ्याए ।

नेपाली कांग्रेसको पदाधिकारीहरुको सोमबार बसेको बैठकमा डा. शेखर कोइरालालाई स्पष्टीकरण सोध्ने प्रस्ताव गरेएको थियो ।

भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने भन्दै कोइरालाले सार्वजनिक कार्यक्रममा अभिब्यक्ति दिएपछि स्पष्टीकरणसोध्नु पर्ने प्रस्ताव पदाधिकारी बैठकमा उठेको थियो ।

बैठकमा नेता शशांक कोइरालाले शेखरसहित राजेन्द्र बजगाईँ र सुनिल शर्मालाई स्पष्टीकरण सोध्ने प्रस्ताव गरेका थिए ।

तर, शेखर कोइरालाले भने आफ्नो बारेमा छलफल भएको भन्दै खुसी लागेको बताए । उनले भने–‘देउवा निवासमा बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल होला भन्ने सोचेको थिएँ । तर मेरोबारेमा भएछ, खुसी लाग्यो ।’

यता, स्पष्टिकरण सोध्ने भनिएका अर्का सांसद राजेन्द्र बजगाईंले भने शशांक कोइरालाई चेतावनी दिंदै उपहार आएको गाडी, सुनको घडी र पैसाले भरिएको झोलाबारे स्पष्टिकरण सोधिने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077