Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

गृहमन्त्रीको राजीनामा माग्दै संसदमा अवरोध, सडकमा प्रदर्शन

गृहमन्त्रीको राजीनामा माग्दै संसदमा अवरोध, सडकमा प्रदर्शन

मंगलवार , जेठ १४, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्ष दलका सासंदहरुले अवरोध गरेपछि संसद स्थगित भएको बेला सडकमा पनि प्रदर्शन सुरु भएको छ ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकको राजिनामा माग गर्दै अखिल क्रान्तिकारी विद्यार्थी संगठनलगायतले विरोध प्रदर्शन गरेका छन् ।

मंगलबार माइतीघरमण्डलमा अखिल क्रान्तिकारी, अखिल समाजवादी, अनेरास्ववियू, युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग र युवा संगठनले संयुक्त रुपमा प्रदर्शन गर्दै गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन् ।

उनीहरूले ‘नालायक गृहमन्त्री राजीनामा दे, भ्रष्ट गृहमन्त्री राजीनामा दे, दलाल सरकार मुर्दावाद, भिजिट भिसा काण्डको निष्पक्ष छानबिन गर’लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077