पोखरा । विद्युतीय प्रणालीबाट राष्ट्रिय युवा संघको नेतृत्वका लागि भएको मतदान सकिएको छ ।
पोखरा सभागृहमा आज १० बजेबाट सुरु भएको मतदान सवा ५ बजे सकिएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार १७६४ प्रतिनिधिमध्ये १४०४ जना मतदानमा सहभागी भएका छन् । अध्यक्षका उम्मेदवार थेबे निवर्तमान अध्यक्ष हुन् भने पुरी निवर्तमान महासचिव हुन् ।
निर्वाचनमा क्षितिज थेबे र महासचिव सुमन पुरीको प्यानल चुनावी मैदानमा छ ।
थेवे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् भने महासचिवमा महेश चौलागाईंले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन् भने महासचिवमा कुबेर अधिकारीले उम्मेदवारी दिएका छन् ।
६४ पद निर्विरोध हुँदा ९ पदाधिकारीसहित ९३ पदमा निर्वाचन भएको हो । विद्युतीय भोटिङ भएकाले छिट्टै नतिजा निर्वाचन समितिले जनाएको छ ।
प्रधानमन्त्रीसमेत रहेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतका लागि निर्देशन दिएपनि उक्त प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अघि बढेको थियो ।