Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

बुधबार मलेसिया जाँदै उपेन्द्र यादव, यस्तो छ कार्यतालिका

बुधबार मलेसिया जाँदै उपेन्द्र यादव, यस्तो छ कार्यतालिका

मंगलवार , जेठ १४, २०८२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव मलेसिया जान लागेका छन् ।

आगामी जुन १ का दिन क्वालालम्पुरमा हुने नेपाली श्रमिकहरुसँगको अन्तरक्रिया कार्यक्रमको प्रमुख वक्ताको रुपमा सहभागी हुन अध्यक्ष यादव बुधबार मलेसिया जान लागेका हुन् ।

पार्टीको प्रवास संगठन नेपाली समाज मलेसियाद्वारा आयोजना हुने उक्त कार्यक्रममा अध्यक्ष यादवसँगै पार्टीका कार्यकारिणी समिति सदस्य एवं मधेस प्रदेश सभा सदस्य राजकुमार गुप्ता, पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा तथा सेन्टर फर साउथ एसियन स्टडिज, काठमाडौंका डाइरेक्टर डा. निश्चलराज पाण्डेसमेत सहभागी हुनेछन् ।

सो अवसरमा जसपा नेपालले प्रवास संगठन ुनेपाली समाज मलेसियाु पुनर्गठनसमेत गर्ने भएको छ । विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी कार्यक्रमलाई मनोरञ्जनात्मकसमेत बनाइने आयोजकले जनाएको छ । अध्यक्ष यादवसहितको टोली जुन ३ मा स्वदेश फर्कने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077