काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र न्यूजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्सबिच भेटवार्ता भएको छ।
बुधबार माओवादी केन्द्रको संसदीय दल कार्यालय, सिंहदरबारमा दाहाल र पिटर्सबिच भेटवार्ता भएको हो।
बुधबार नै नेपाल आएका न्यूजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्सले उच्चस्तरीय भेटवार्ता गरिरहेका छन् ।