Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

न्युजिल्यान्डका उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री राणाबीच भेटवार्ता, के भयो कुराकानी ?

न्युजिल्यान्डका उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री राणाबीच भेटवार्ता, के भयो कुराकानी ?

बुधवार , जेठ १५, २०८२

काठमाडौं । पराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र न्युजिल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री विन्स्टोन पिटर्सबीच भेटवार्ता भएको छ ।

बुधबार साँझ काठमाडौंमा पराष्ट्रमन्त्री राणासहितको नेपाली प्रतिनिधि मण्डल र न्युजिल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री विन्स्टोन पिटर्ससहतिको प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको हो ।

भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा. राणाले छलफलमा कृषि, व्यापार, लगानी, पर्यटन, शिक्षा र बहुपक्षीय संलग्नतालगायत धेरै क्षेत्रहरूमा छलफल भएको बताइन् ।

दुई देशबीच घनिष्ठ, सौहाद्र्रपूर्ण र लामो समयदेखिको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनेबारेमा छलफल केन्द्रित रहेको बताइन् ।

पत्रकार सम्मेलनका क्रममा बोल्दै न्युजिल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री विन्स्टोन पिटर्सले छलफल दुई देशबीचको सम्बन्धलाई अझ फराकिलो बनाउनेमा केन्द्रित रहेको बताए ।

उनले नेपाल र न्युनिल्यान्डबीचको सम्बन्ध सौहार्द्र र मित्रताले भरिएको उल्लेख गर्दै १९६१ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र न्युजिल्यान्डले सद्भावना, पारस्परिक विश्वास र सहयोगमा आधारित उत्कृष्ट द्विपक्षीय सम्बन्धको आनन्द लिइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077