काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतान्त्रिक प्रणालीको सही अभ्यासका आधारमा नागरिकलाई सबल र सक्षम बनाइनु पर्ने बताएका छन् ।
१८ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।
उनले गणतन्त्रको शासकीय स्वरूपसहितको लोकतान्त्रिक प्रणालीको सही अभ्यासका आधारमा नागरिकलाई हरकोणबाट सबल र सक्षम बनाउन इमान्दार प्रयत्न हुन जरूरी रहेको उल्लेख गरे ।
नागरिकमा व्याप्त नैराश्यतालाई गणतन्त्रवादी शक्तिहरूको सत्कर्मले चिर्दै आपसी विश्वास र सहकार्यको वातावरण निर्माण गरी न्याय र समानताको अनुभूति गर्नसक्ने समाज निर्माणको पथमा हिँड्नु पर्ने उनको भनाइ छ ।
आज १८ औँ गणतन्त्र दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।