काठमाडौं । अभिनेत्री मनीषा कोइरालाले मुलुकको एकताको लागि संवैधानिक राजतन्त्र चाहिने बताएकी छन् ।
गणतन्त्र दिवसको अवसरमा आज बिहान सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएकी हुन् ।
‘एक संवैधानिक राजतन्त्र, जुन राजनीतिक दलहरूभन्दा माथि हुन्छ, राष्ट्रिय एकताको प्रतीक हुन सक्छ,’ उनले लेखेकी छन्, ‘जुन राजनीतिक दलहरू, आफ्नो स्वभावले नै, दिन सक्दैनन्। दलहरू प्रतिस्पर्धा गर्छन्, विभाजित गर्छन् र सरकार बनाउँछन्।’
उनले आजको राजनीतिक प्रणालीमा भ्रष्टाचार गहिरो रूपमा पसिसकेको बताउँदै एउटा गैर-राजनीतिक संस्था चाहिने बताएकी छन् ।