Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

एमाले र राजावादीको प्रदर्शनलाई लक्षित गर्दै भृकुटीमण्डप र रत्नपार्कमा कडा सुरक्षा

एमाले र राजावादीको प्रदर्शनलाई लक्षित गर्दै भृकुटीमण्डप र रत्नपार्कमा कडा सुरक्षा

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । एमाले र राजावादीको प्रदर्शनलाई लक्षित गरेर बिहानैदेखि काठमाडौंको भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडा पारिएको छ ।

एमाले र राजावादीहरुले गर्ने छुट्टाछुट्टै प्रदर्शनको क्रममा सवारी आवागमनको व्यवस्था मिलाउन ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

एमालेले गणतन्त्र दिवसको दिन उत्सव मनाउन र राजावादीहरुले गणतन्त्र खारेज गरी राजसंस्था पुनर्स्थापनाको मागसहित प्रदर्शन गर्दैछन् ।

नेकपा एमालेले ११ बजेदेखि करिब साढे २ बजेसम्म र राजावादीहरुले त्यसलगत्तै प्रदर्शन गर्ने तयारी गरेका छन् ।

एमालेको साँस्कृतिक झाँकीसहितको प्रदर्शन भृकुटीमण्डपबाट सुरु भई शहीदगेट, बीर अस्पताल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डप आएर सम्पन्न हुने छ ।

त्यसैगरी राप्रपा, राप्रपा नेपाल सहित राजावादी दल र संस्थाहरुले रत्नपार्क–शान्तिबाटीका क्षेत्रमा प्रदर्शन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077