Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

राप्रपाका प्रवक्ता श्रेष्ठ भन्छन् - कार्यक्रममा सहभागी हुन आएकाहरुमाथि बाधा उत्पन्न भयो

राप्रपाका प्रवक्ता श्रेष्ठ भन्छन् - कार्यक्रममा सहभागी हुन आएकाहरुमाथि बाधा उत्पन्न भयो

बिहिवार , जेठ १६, २०८२

काठमाडौं ।  राजसंस्थासहितको हिन्दु राज्यको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज दुई बजेदेखि प्रदर्शन गर्दैछ ।

प्रदर्शनमा सहभागी हुन उपत्यका बाहिरबाट आउनेक्रम जारी छ ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले राजसंस्था पक्षधरहरुको आजबाट हुने आन्दोलनमा सहभागी हुन नौबिसे हुँदै काठमाण्डौं आइरहेकाहरुलाई अनावश्यक सोधपुछ र आवागमनमा बाधा उत्पन्न गराएको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘राजसंस्था पक्षधरहरुको आजबाट हुने आन्दोलनमा सहभागी हुन नौबिसे हुँदै काठमाण्डौं आइरहेका विभिन्न भुगोलका राष्ट्रवादी साथीहरुलाई रोक्ने, अनावश्यक सोधपुछ गर्ने र आवागमनमा बाधा उत्पन्न गरिएको भन्ने सुचना आएको छ। त्यसो नगर्न र सहज वातावरण बनाउन जिम्मेवारीपूर्वक प्रशासनको ध्यानाकर्षण गराउँदछु।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077