Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

ओलीको हिंसात्मक अभिव्यक्तिको प्रभाव : ढाल र तवारसहित सडकमा निस्किए एमालेका कार्यकर्ता

ओलीको हिंसात्मक अभिव्यक्तिको प्रभाव : ढाल र तवारसहित सडकमा निस्किए एमालेका कार्यकर्ता

बिहिवार , जेठ १६, २०८२

काठमार्डौ । आज देशमा गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएको उपलक्ष्यमा केन्द्र सरकार हाँकिरहेको दल नेकपा एमालेले ‘गणतन्त्र उत्सव’ मनाउँदैछ भने गणतन्त्र विरोधी पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध प्रदर्शन गर्दैछ ।

विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

त्यही दिनको सम्झनामा हरेक वर्ष १५ जेठमा गणतन्त्र दिवस मनाउने गरिन्छ ।

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजावादी आन्दोलनलाई लक्षित गर्दै आज काठमाडौं आफनो कब्जामा राख्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।

ओलीको हिंसात्मक अभिब्यक्तिकै कारण गणतन्त्र जोगाउने नाममा एमालेका कार्यकर्ताहरु ढाल र तरवारसहित सडकमा निस्किएका छन् ।

शान्तिपूर्ण प्रदर्शन भनिएपनि एमालेको भित्रि चाहना भने राजावादीहरुलाई काउन्टर दिनु नै हो ।

कानूनतः ढाल र तवार बोक्दा हिंसाजन्य गतिविधि हुने हुनाले त्यसरी आन्दोलन गर्न पाईंदैन ।

तर, सत्ता हाँकिरहेको दलका कार्यकर्ताले नै यसरी प्रदर्शन गर्दा गणतन्त्र नेपालको कानूनको धज्जी उडेको छ ।

यद्यपी एमालेका कार्यकर्ताहरुले भने आफूले बोकेको ढाल र तरवार सक्कली नभई प्रतिकात्मक भएको दाबी गरेका छन् ।

एमाले भृकुटीमण्डपमा प्रदर्शन गरिरहेको छ भने राप्रपालले भृकुटीमण्डप नजिकै रहेको शान्तिवाटिकामा प्रदर्शन गर्दैछ ।

राप्रपाले हिन्दु राज्यसहित राजसंस्थाको माग गर्दै निर्णयक तहको आन्दोलनको निकाल्ने तयारी गरिरहेकाले शुरक्षा व्यवस्था कडा बनाउन शान्ति बाटिकामा मात्रै ४ हजार प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077