काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी प्रक्रियामा गएर शासनमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।
गणतन्त्र दिवसको अवसरमा एकीकृत समाजवादीले बिहीबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।
हिन्दु राज्यसहित राजसंस्थाको माग गर्दै प्रदर्शन गरेकेको बेला नेपालले पुर्वराजा शाहलाई चुनावी प्रतिस्पर्धाबाट जनताको मत जितेर आउन सुझाव दिएका हुन् ।
जनताले फालेको राजतन्त्र अब फर्कन नसक्ने बताउँदै उनले भने, चुनावी प्रक्रियामा गएर जनताको मन जितेर आए हुन्छ । प्रधानमन्त्री बने पनि हुन्छ ।’
लामो संघर्ष र बलिदानबाट नेपाली जनता पूर्ण रूपमा सार्वभौमसत्ता सम्पन्न बनिसकेकाले अब पूर्वराजाले राजतन्त्र फर्कने सपना देखिरहन आवश्यक नभएको उनको भनाई थियो ।