काठमाडौं । नेकपा माओवादी केन्द्रले आफूहरू भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट पछि नहटेको बताएको छ ।
विपक्षी दलहरूको तर्फबाट प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले संविधान कार्यान्वयन गर्ने क्रममा आफूहरू इमान्दार भएकाले बजेट संसदमा पेश गर्न दिने बताए।
आज आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने र बजेट प्रस्तुत गर्ने विषयका लागि सदन अगाडि बढाउन दिए पनि अरू कुनै कार्यसूची अघि बढाउन नदिने उनले बताए ।