काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले गणतन्त्रपछिका बजेटमा क्रान्तिकारी भूमिसुधारको ‘क’ पनि नआएको बताएका छन् ।
गणतन्त्र दिवसको दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खनालले गणतन्त्र स्थापनापछि आएका १७ वटा वजेटमा पुँजीपति वर्गको हितमामात्र भएको बताए ।
नेपालका कम्युनिष्ट नेताहरु सत्तामा पुग्दा पनि श्रमिक वर्गको हितमा काम गर्न नसकेको बताउँदै उनले भने, ‘सत्तामा पुग्नेविक्तिकै त्रान्तिकारी भूमिसुधार लागू गर्ने बाचा खै ? १८ वटा बजेट आए तर क्रान्तिकारी भूमिसुधारको ‘क’ पनि आएन ।’