Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

तीनवटा संसदीय समिति र संयुक्त समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा

तीनवटा संसदीय समिति र संयुक्त समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समिति र एउटा संयुक्त समितिको बैठक बस्दै छ ।

पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समिति (संयुक्त) बैठक बस्न लागेको हो ।

बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनसहित दफावार छलफल हुनेछ ।

दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि दफावार छलफल हुनेछ ।

यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शान्ति प्रक्रिया, संक्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म भएका काम कारबाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजनामा छलफल हुनेछ ।

बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा अनुगमन कार्यक्रम सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077