Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

सदनको अवरोध खुलाउन सभामुखको कार्यकक्षमा छलफल जारी

सदनको अवरोध खुलाउन सभामुखको कार्यकक्षमा छलफल जारी

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुबीचको छलफल सुरू भएको छ।

सदनको अवरोध खुलाउन सभामुखको कार्यकक्ष सिंहदरबारमा दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल सुरू भएको हो।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै मंगलबारदेखि संसद अवरोध हुँदै आएको छ ।
यद्यपी बिहिबार भने बजेट भाषणका लागि विपक्ष दलहरुले सदन चल्न दिएका थिए ।

गृहमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने विपक्षहरुको अडानका कारण सभामुख घिमिरेले बिहान ११ बजे दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरूको बैठक बोलाएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता हुनसक्ने भन्दै उनको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077