Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

संसदको अवरोध जारी राख्ने माओवादीको निर्णय

संसदको अवरोध जारी राख्ने माओवादीको निर्णय

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज बिहान बसेको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा जोडिएका लेखकले राजीनामा नदिएसम्म अवरोध जारी राख्ने निर्णय गरेको हो ।

बैठकले संसद्को अवरोधबारे निर्णय लिन विज्ञसहितको पादाधिकारी बैठक पनि बोलाउने निर्णय गरेको छ ।

माओवादी केन्द्रले संसद्‌मा प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी बनाउन भन्दै विज्ञसहितको संसदीय दलको बैठक बोलाएको हो ।

जेठ १९ गते मध्यान्ह १२ बजे माओवादी संसदीय दलको कार्यालयमा बैठक बस्ने बताइएको छ ।

जेठ १३ गतेदेखि विपक्षी दलहरूसँग मिलेर लगातार संसद् अवरोध गर्दै आएको माओवादीले बिहीबार सरकारले ल्याएको आगामी वर्षको बजेट पेस गर्न दिएको थियो ।

संसद्‌मा अवरोध जारी राख्ने कि विकल्पमा जाने भन्ने विषयमा विज्ञहरूको रायबाट थप निर्णय लिने माओवादीको तयारी छ ।

यता, सभामुख देवराज घिमिरेले भने संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुलाई बोलाएर अहिले छलफल गरिरहेका छन् ।

सदनको अवरोध खुलाउन सभामुखको कार्यकक्ष सिंहदरबारमा दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल सुरू भएको हो।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै मंगलबारदेखि संसद अवरोध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077