Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

माओवादी केन्द्रले नेसपाका १५ नेतालाई केन्द्रीय सदस्य, २० जनालाई वैकल्पिकमा राख्ने

माओवादी केन्द्रले नेसपाका १५ नेतालाई केन्द्रीय सदस्य, २० जनालाई वैकल्पिकमा राख्ने

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेसपाका १५ नेतालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा पदाधिकारीहरुको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

केहीदिन पहिले पार्टी एकता गरेको गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीका १५ नेताहरूलाई पार्टीको केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ ।

२० जना जति नेतालाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरेको पार्टीले जनाएको छ ।

एकताबाट केन्द्रीय सचिव बनेका गंगानारायण श्रेष्ठलाई पार्टी अध्यक्ष प्रचण्ड लगायतले स्वागत गरेका थिए ।

बैठकमा नेसपाका नेता कार्यकर्ता समायोजन बारे छलफल भएको सचिव श्रेष्ठले जानकारी दिए । ‘आजको बैठकमा पार्टीका नेताहरूको समायोजन बारे कुरा भयो । मैले हाम्रो तर्फबाट निर्णय गर्न केही समय मागेको छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077