Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

एसईई दिएका युवालाई अनिवार्य सैन्य तालिम दिन मधेश सरकारलाई बीपी साहको सुझाव

एसईई दिएका युवालाई अनिवार्य सैन्य तालिम दिन मधेश सरकारलाई बीपी साहको सुझाव

शुक्रवार , जेठ १७, २०८२

जनकपुरधाम । जनमत पार्टीका केन्द्रीय सचिव बीपी साहले युवाहरुलाई अनिवार्य सैन्य तालिम दिन मधेश सरकारलाई सुझाव दिएका छन् ।

आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटमार्फत् सम्बोधन गर्न भन्दै साहले मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई ११ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा एसईई दिएका युवाहरुलाई ६ महिनासम्म अनिवार्य सैन्य तालिम दिई अनुशासन र आत्मरक्षाको सिप विकास गर्नुपर्ने, प्रत्येक परिवारका कम्तिमा एक सदस्यलाई रोजगारी दिनुपर्ने लगायतका बुँदा छन् ।

यसले रोजगारीका लागि विदेश पलायन रोक्न सहयोग पुग्ने उनको तर्क छ ।

यसैगरी,मधेशको इतिहास, संघीयता र लोकतान्त्रिक आन्दोलनबारे शैक्षिक पाठ्यक्रम र प्रशिक्षण सुरु गर्नुपर्ने, सल्हेस पर्यटन करिडोर निर्माण गरी ऐतिहासिक स्थलहरू जोड्ने र जानकी नवमीमा मिथिला सांस्कृतिक रथ यात्रा आयोजना गर्नुपर्ने नेता साहले सुझाव पत्रमा समेटेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077