काठमाडौं । प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर बनाउन प्रतिनिधिसमाको कार्य व्यवस्था परामर्श समितिको बैठक जारी छ ।
सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको कानुन समितिको हलमा जारी बैठकले जेठ २० गतेदेखि जेठ मसान्तसम्मको पाक्षिक क्यालेन्डर बनाउने छ ।
सभामुख देवराज घिमिरेले पाक्षिक क्यालेन्डर निर्माणका लागि बैठक अघि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।