Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

प्रतिनिधिसभाको क्यालेन्डर : असार १२ सम्म १९ दिन बैठक, शिक्षा विधेयक कार्यसूचीमा परेन

प्रतिनिधिसभाको क्यालेन्डर : असार १२ सम्म १९ दिन बैठक, शिक्षा विधेयक कार्यसूचीमा परेन

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । प्रतिनिधिसभा बैठक जेठ २० गतेदेखि असार १५ गतेसम्म १९ दिन बस्ने भएको छ ।

सभामुख देवराज घिमिरेले आज बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकले जेठमा १० दिन र असारमा ९ दिन गरी १९ दिन बस्नेगरी संस्दको क्यालेन्डर पारित गरेको हो ।

पारित कार्यतालिका अनुसार जेठमा २०, २१, २२, २३, २५, २६, २७, २८, २९ र ३० गते बैठक बस्नेछ । त्यस्तै असारमा १, २, ३, ४, ५, ६, १०, ११ र १२ गते बैठक बस्नेछ ।

संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार यही २० गतेबाट बजेटमाथि छलफल प्रारम्भ हुनेछ ।

२३ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि उठेका जवाफमा प्रष्टीकरण दिने छन् । २६ गतेबाट मन्त्रालयगत छलफल र खर्च कटौतीका प्रस्तावहरू राखिएको छ ।

शिक्षा विधेयक भने यो तालिकामा परेको छैन । उक्त विधेयक संसदीय समितिबाट नटुंगिएकाले पछि कार्यसूचीमा राखिने नेताहरूले बताएका छन् ।

राजधानीमा २१ दिनसम्म आन्दोलन गरेका शिक्षकसँगको सहमतिअनुसार सरकारले असार १५ सम्म शिक्षा ऐन जारी गर्नुपर्छ ।

सम्भावित तालिकाअनुसार २० गते संघीय निजामती सेवा विधेयक पेश गरिनेछ । त्यस्तै २५ गते भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पेश गरिनेछ ।

यस्तो छ, संसद्को कार्यतालिका :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077