Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

३२ वर्ष नपुगेका प्रतिनिधि मात्र उम्मेदवार बन्न अनेरास्ववियुलाई शंकर पोखरेलको निर्देशन

३२ वर्ष नपुगेका प्रतिनिधि मात्र उम्मेदवार बन्न अनेरास्ववियुलाई शंकर पोखरेलको निर्देशन

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ३२ वर्ष नपुगेका प्रतिनिधि मात्र उम्मेदवार बन्न अनेरास्ववियुलाई निर्देशन दिएका छन् ।

महासचिव पोखरेलले अनेरास्ववियुका इन्चार्ज किशोरविक्रम मल्ललाई परिपत्र गर्दै यही जेठ २५ गतेदेखि हुने महाधिवेशनमा नै उमेर हद ३२ वर्ष लागू गर्न निर्देशन दिएका हुन् ।

एमालेको यही जेठ ११ गते बसेको सचिवालय बैठकले अनेरास्ववियुमा उमेर हद तोक्ने निर्णय गरेका थियो ।

एमालेले जारी गरेको परिपत्र अनुसार ३२ वर्ष उमेर नकटेका प्रतिनिधिहरू मात्र विधानको व्यवस्थाअनुरूप पदाधिकारी तथा सदस्यका उम्मेदवार हुन पाउने वैधानिक व्यवस्था मिलाइने छ ।

यसरी निर्वाचित भएका पदाधिकारी र सदस्यहरू अर्को महाधिवेशन नभएसम्म पदमा कायम रहन सक्नेछन् ।

परिपत्रमा ३२ वर्षे उमेर हदसम्बन्धी व्यवस्था सङ्गठनका सबै तहका कमिटीमा लागू हुनेछ ।

यसअघि ,नेपाल विद्यार्थी सङ्घले र अनेरास्ववियुले ३२ वर्ष उमेरहद तोकेका थिए । एमालेले राष्ट्रिय युवा सङ्घमा ४० वर्षे उमेरहद तोकेको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा २८ वर्षे उमेर हद तोकिएको छ ।

अनेरास्ववियुको महाधिवेशन यही जेठ २५ देखि २७ गते काठमाडौंमा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077