Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

कोइरालाको प्रश्न - मानव अधिकार आयोगको वार्षिकोत्सवमा प्रधानमन्त्री नजाने, यो कस्तो लोकतन्त्र हो ?

कोइरालाको प्रश्न - मानव अधिकार आयोगको वार्षिकोत्सवमा प्रधानमन्त्री नजाने, यो कस्तो लोकतन्त्र हो ?

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले गलत अभिव्यक्ति दिएकै कारण प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको कार्यक्रममा सहभागी नभएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १३ गते एक कार्यक्रममा जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा गर्नुपर्छ’ भन्दै कार्यकर्तालाई निर्देशन दिएका थिए ।

वक्तव्य दिएकै भोलिपल्ट राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली बहाना बनाएर नगएको कोइरालाको भनाइ थियो ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कोइरालाले प्रधानमन्त्री ओलीले ‘जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ’ भनेर के भन्न खोजेको भन्दै प्रश्न गरे ।

कोइरालाले भने–‘राष्ट्रिय मानव अधिकार आयोग जसलाई संवैधानिक अधिकार दिएको छ । उहाँहरूले पनि वक्तव्य जारी गरिकन प्रधानमन्त्रीले यसरी बोल्नु हुँदैन भन्नुभयो । भोलिपल्ट १४ गतेको दिन प्रधानमन्त्रीजी त्यहाँ जानुपर्ने थियो । उहाँले वार्षिकोत्सवमा बहाना बनाएर जानु भएन । प्रधानमन्त्रीज्यूलाई फुर्सद भएन भनियो । राष्ट्रिय मानव अधिकार आयोगको वार्षिकोत्सवमा प्रधानमन्त्री नजाने हो भने कस्तो लोकतन्त्र हामीले खोजिरहेका छौं ?’

उनले त्यस लगत्तै पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बसेको र त्यहाँ यो विषय उठ्ला भन्ने लागेको भए पनि त्यस्तो नभएकोमा दुःख व्यक्त गरे ।

उनले भने–‘मलाई त लागेको थियो, पदाधिकारीको बैठक यी विषयमा छलफल हुन्छ भनेको त मेरो विषयमा छलफल भएछ । हाँसो लाग्यो । ठिकै छ सहनुपर्छ । राजनीतिमा सहशीलता हुनुपर्छ । हामी किन सरकारले गलत गरेका कामलाई गलत भन्न सकिरहेका छैनौं ।’

कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिमाथि सुन्नासाथ आफूले विरोध गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077