Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

राजावादीको जुलुस एमालेको भन्दा किन ठुलो भयो ? : शेखर कोइराला

राजावादीको जुलुस एमालेको भन्दा किन ठुलो भयो ? : शेखर कोइराला

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले गणतन्त्र दिवसकै दिन देखिएको नेकपा एमाले र राजावादीको प्रदर्शनबीच तुलना गर्दै युवा पुस्तामा बढ्दो निराशाप्रति चिन्ता व्यक्त गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले उक्त चिन्ता व्यक्त गरेका हुन् । उनले राजावादी (राप्रपा) को जुलुस एमालेको भन्दा ठूलो हुनुको कारण युवामा देखिएको निराशा भएको बताए ।

'राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुस एमालेको भन्दा किन ठुलो भयो ? कारण के हो भने, हाम्रो आचरण लोकतान्त्रिक गणतन्त्र अनुकूल छैन,' कोइरालाले भने, 'युवाहरूमा निराशा छ। उनीहरू बाटो खोजिरहेका छन्। उनीहरूले राजा भएको शासन देखेका छैनन्। उनीहरूले त यही चार जनाको म्युजिकल चियर मात्र देखेका छन्। अब उनीहरू कहाँ जाने ?'

उनका अनुसार वर्तमान राजनीतिमा सुधार ल्याउन युवाको भरोसा जित्न सक्ने व्यवहार र कार्य आवश्यक छ। नेता कोइरालाले सरकारका गलत कामप्रति आलोचना गर्न नसक्नु पनि लोकतान्त्रिक मूल्यका लागि हानिकारक रहेको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीको विवादास्पद अभिव्यक्तिका बारे आफूले आलोचना गर्दा पार्टीभित्र आफूलाई नै आलोचित बनाइएकोप्रति उनले गुनासो गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077