Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

बीआरआई परियोजना नेपाल-चीन सम्बन्धमा कोशेढुंगा : पूर्वराष्ट्रपति भण्डारी

बीआरआई परियोजना नेपाल-चीन सम्बन्धमा कोशेढुंगा : पूर्वराष्ट्रपति भण्डारी

शनिवार , जेठ १८, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) नेपाल र चीन सम्बन्धमा एउटा कोशेढुंगाको रूपमा रहेको बताएकी छन्।

चिनियाँ अन्तर्राष्ट्रिय समझदारी संघ र गान्सु प्रान्त सरकारले शुक्रबार संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

उनले बीआरआईले विश्वव्यापी सम्पर्क र आर्थिक सहयोगलाई प्रवर्द्धन गरेर प्राचीन सिल्क रोडलाई पुनर्जीवित, विस्तार र नवीकृत गर्ने लक्ष्य राखेको बताइन् ।

उनले चिनियाँ राष्ट्रपति सी चिनफिङको दूरदर्शी दृष्टिकोण र अग्रगामी पहललाई सराहना गरेकी थिइन् ।

कार्यक्रममा चिनियाँ उपराष्ट्रपति हान ज्हेंग, चिनियाँ अन्तर्राष्ट्रिय समझदारी संघका अध्यक्ष जी बिंगशुआन, सोही संघका प्रमुख लिउँ जिंजाओ, सीपीसी गान्सु प्रान्तका सचिव हु चंगशेंग र गान्सु प्रान्त सरकारका प्रमुख सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077