Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले भने - प्रतिपक्षी दलहरूले गृहमन्त्रीमाथि अनुचित आरोप लगाए

प्रधानमन्त्री ओलीले भने - प्रतिपक्षी दलहरूले गृहमन्त्रीमाथि अनुचित आरोप लगाए

शनिवार , जेठ १८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको कुनै संलग्नता नरहेको बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले शनिबार आयोजना गरेको ‘हाफ म्याराथन’को शुभारम्भपछि उक्त गृहका व्यवस्थापक र सम्पादकसँगको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको बताएका हुन् ।

गृहमन्त्रीमाथि कुनै आरोप, छानबिन नभएकाले राजीनामा दिन नपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रतिपक्षी दलहरूले आफ्नो अस्तित्व देखाउनका लागि गृहमन्त्रीमाथि अनुचित आरोप लगाएको बताउँदै उनले भने, ‘गृहमन्त्रीको राजीनामा माग गर्नु नित्तान्त पूर्वाग्रहपूर्ण, निराधार, अनुचित क्रियाकलाप हो । गृहमन्त्रीले राजीनामा गर्नु पर्दैन ।’

एकजना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित क्रियाकलाप भएको उनले बताए ।

विपक्षी दलहरूले संसद्‌मा आधारहीन माग गरिरहेको ‌ओलीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077