Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई भने - भाडाका सहभागीहरु ल्याएर धेरै चुरीफुरी नगरे हुन्छ

प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई भने - भाडाका सहभागीहरु ल्याएर धेरै चुरीफुरी नगरे हुन्छ

शनिवार , जेठ १८, २०८२

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी र पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै चुरीफुरी नगर्न आग्रह गरेका छन् ।

प्रचण्डले राजावादी आन्दोलनमा सहभागीहरुलाई भाडामा ल्याइएको भन्दै उनले धेरै चुरीफुरी नगर्न आग्रह गरेका हुन् ।

विदुरमा शनिबार पत्रकार सम्मेलनमा बोल्दै उनले माग र विरोधका कार्यक्रम गर्ने बहानामा राजावादीहरुले जनतालाई उक्साइरहेको रहेको बताए ।

आगामी २०८४ सालको निर्वाचनमा बहुमतसहित जितेर देशको शासन सत्ता आफ्नो हातमा लिन उनले सुझाव दिए ।

आन्दोलनलाई केवल राजा सम्बन्धी नभई वर्तमान सरकारप्रति जनताको असन्तुष्टिको रूपमा हेरिनु पर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077