Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

राजावादीको प्रदर्शनमा घुसपैठ भएको भन्दै एक जना पक्राउ, त्रिचन्द्र अगाडि धकेला धकेल

राजावादीको प्रदर्शनमा घुसपैठ भएको भन्दै एक जना पक्राउ, त्रिचन्द्र अगाडि धकेला धकेल

शनिवार , जेठ १८, २०८२

काठमाडौं । राजसंस्थासहितको हिन्दु राज्यको माग गर्दै राजावादीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् ।

राप्रपा, राप्रपा नेपालसहितको समर्थनमा जारी प्रदर्शन आज दरबारमार्ग क्षेत्रमा गर्ने भनिएको थियो ।

तर, उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा भएपछि राजावादीहरूले शान्तिबाटीका क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

राजावादीहरूको प्रदर्शन शान्तिवाटिकाबाट बालुवाटारतर्फ अगाडि बढिरहेकोक्रममा घुसपैठ भएको भन्दै एक जना पक्राउ परेका छन् ।

पक्राउ परेका व्यक्तिलाई अहिले परिसर भद्रकालीमा लगिएको प्रहरीले जनाएको छ ।

त्रिचन्द्र अगाडी केहीबेर धकेलाधकेलसमेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077