काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई एमालेको झोले भएकोमा गर्व गरेका छन् ।
शनिबार नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
आफूलाई झोले भन्दा कत्ति पनि अप्ठ्यारो नलाग्ने बताउँदै उनले भने, ‘म कबुल गर्छु– झोले हुँ। झोले हुनुमा गर्व छ ।’
सही कुराको सर्मथन गर्दा झोलेको संज्ञा दिने गरेको उनको भनाई थियो ।
जनताको हितको झोला बोक्ने बताउँदे उनले कुनै सामन्तको झोला नबोकेको बताए ।