Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित

कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित

आइतवार , जेठ २६, २०८२

सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशनअन्तर्गत आज बसेको बाह्रौँ बैठकमा सभामुख नन्दा गुरुङले मुख्यमन्त्री यामलाल कँडेललाई ‘आव २०८२/८३ को नीति तथा कार्यक्रम पारित गरियोस्’ भनी सभामा प्रस्ताव गर्न समय दिइन् ।

मुख्यमन्त्री कँडेलले ‘प्रदेशसभा नियमावली, २०८१ को नियम ३९ को उपनियम ४ बमोजिम नीति तथा कार्यक्रम पारित गरियोस्’ भनी सभासमक्ष प्रस्ताव गरे ।

तत्पश्चात् सभामुख गुरुङले ध्वनि मतका आधारमा प्रस्तावबारे निर्णय लिएकी थिइन् ।

प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रदेशसभा सदस्यहरूले इन्कार गरे पनि सत्ता साझेदार दलका सदस्यहरूको ध्वनि मत बहुमत भएको भन्दै सभामुख गुरुङले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077