काठमाडौं । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएको छ ।
यही जेठ २१ गते प्रदेशसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि दुई दिनसम्म छलफल भएपछि आजको प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको हो ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम पारित गरियोस् भनी प्रदेशसभामा पेस गरेको प्रस्तावलाई बहुमत सदस्यले समर्थन गरेका थिए ।
त्यस क्रममा मुख्यमन्त्री पाण्डेले सङ्घीय सरकार र स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा अगाडि बढ्ने जानकारी दिए ।