काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत दुई वटा समितिको बैठक आज बस्दैछ । राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।
राज्य व्यवस्था समितिको बैठक बिहान साढे ८ बजे कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्ष, सिंहदरबारमा बस्नेछ ।
बैठकमा ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खा सैनिकसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, बिहान साढे ८ बजे सिंहदरबारमा बस्ने पूर्वाधार विकास समितिको बैठकमा नेपाल विद्युत प्राधिकरणले २०८२ साल वैशाख महिनामा जारी गरेको श्वेतपत्रका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।