काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी प्रतिगमनकारीहरूले जनयुद्धबाट प्राप्त उपलब्धिलाई उल्ट्याउन षड्यन्त्र गरिरहेको बताएका छन् ।
वाईसीएलको नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
अध्यक्ष दाहालले प्रतिगमनकारीहरूले कहीँ न कहीँ जनयुद्ध, माओवादी, युवा, वाईसीएल र जनमुक्ति सेनाको भूमिकालाई अपमानित गर्ने कोसिस गरिरहेकाले त्यसको विरुद्धमा आफू दरो भएर प्रस्तुत हुन निर्देशन दिए ।