Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

नेपाली नागरिकसरहको नागरिकता दिन एनआरएनएको माग

नेपाली नागरिकसरहको नागरिकता दिन एनआरएनएको माग

सोमवार , जेठ २७, २०८२

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली नागरिकसरहको नागरिकता माग गरेको छ ।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको छलफलमा एनआरएनएका प्रतिनिधिहरूले यस्तो माग राखेका हुन् ।

छलफलका क्रममा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाली नागरिकसरहको अधिकार हुने गरी नागरिकता प्रदान गर्न माग राखेका छन् ।

गैरआवासीय नेपालीहरूलाई अहिले गैरआवासीय नागरिकता प्रदान हुँदै आएको छ । तर, अंशबन्डा लगायतमा गैरआवासीय नागरिकतालाई मान्यता नदिएको उनीहरूको गुनासो छ ।

समिति सभापति रामहरि खतिवडाले गैरआवासीय नेपालीका लागि प्रदान गरिने नागरिकताका सम्बन्धमा सरकारले स्पष्ट धारणा ल्याउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077