काठमाडौं । प्रतिनिधिसभा बैठक आधा घन्टाको लागि स्थगित भएको छ।
विपक्षी दलहरूको अवरोधपछि सभामुख देवराज घिमिरेले संसद बैठक आधा घन्टाका लागि स्थगित गरेका हुन्।
केही बेर चलेको संसद बैठकमा सभामुख घिमिरेले गत जेठ १३ गतेदेखि अध्यागमनको विषयमा संसदमा निरन्तर आवाज उठिरहेको र त्यस विषयमा सहमतिको प्रयास भइरहेको जानकारी गराएका थिए ।
सहमति टुंगोमा पुर्याउनका निम्ति आधा घन्टाका लागि बैठक स्थगित गरेको जानकारी गराउँदै उनले भने, ‘अध्यागमनको विषयमा भइरहेको छलफल टुंगोमा नपुगे पनि सहमतिको प्रयत्न भइरहेको छ । संसदको कार्यसूचीलाई लैजानुपर्ने गम्भीर्यतालाई हेरेर आधा घन्टाका लागि बैठक स्थगित भएको जानकारी गराउन चाहन्छु ।'