काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।
'चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको बहानामा पक्राउ गरिएका उनलाई अहिले नयाँ-नयाँ मुद्दाहरू थपेर सरकारले प्रतिशोध साँध्ने काम गरेको छ। दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस्,' उनले लेखेका छन् ।
विगतमा केपी ओली र प्रचण्डसँग नजिक रहेका दुर्गा प्रसाईंले पछिल्लो २ वर्षमा हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापना एवम् भुइँमान्छेका समस्याहरू उजागर गर्ने तथा आम जनताको माझमा पुर्याउने काममा महत्त्वपूर्ण योगदान दिएको उनको भनाइ छ ।
प्रसाईं २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शित प्रदर्शनका दोषी भनेर सरकारले विभिन्न शीर्षकमा मुद्दा हालेको छ।