Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

वाईसीएलको नयाँ नेतृत्व चयन विवादमा, माओवादी नेताहरूबीच जुहारी

वाईसीएलको नयाँ नेतृत्व चयन विवादमा, माओवादी नेताहरूबीच जुहारी

मंगलवार , जेठ २८, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को नयाँ नेतृत्व चयन प्रक्रिया विवादास्पद बन्दै गएको छ। वाईसीएलको नयाँ नेतृत्व चयनलगत्तै पार्टीभित्रका नेताहरूबीच सामाजिक सञ्जालमा आरोप–प्रत्यारोपको श्रृंखला तीव्र बनेको छ।

पार्टीका केन्द्रीय सदस्य अनिल शर्माले विधान पारित भएको केही घण्टामै सम्मेलनको सर्वोच्चतालाई हरण गरिएको आरोप लगाउँदै वाईसीएललाई "बंधक बनाइएको" टिप्पणी गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “विधान पास गरेको केही घण्टा बित्न नपाउँदै सम्मेलनको सर्वोच्चतालाई हरण गर्ने र आफ्नो असक्षमतालाई ढाकछोप गर्ने प्रवृत्तिले वाईसीएललाई पनि बन्धक बनाएरै छोडे। यसमा वाईसीएलको खासै दोष छैन, त्यसको जिम्मा लिने र पार्टीको नेतृत्वको कारण कति भिक्टिम भए, त्यो त इतिहासको गर्भमै रहला।”

यद्यपि उनले वाईसीएल नेपालका नवनिर्वाचित अध्यक्ष पुष्प वलीलाई बधाईसमेत दिएका छन्।

शर्माको टिप्पणीपछि प्रतिक्रिया फर्काउँदै वाईसीएल इन्चार्ज तथा माओवादी केन्द्रका अर्का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा) ले शर्माको आलोचना आपत्तिजनक भएको बताएका छन्। उनले लेखेका छन्, “वाईसीएलमा केही नलागेपछि आसेपासेले शुरू गरेको प्रचार निन्दनीय छ। यस्ता पानिमरुवा चाल चल्न छोडेर साँच्चै चुनाव लड्न आए हुन्छ।” उनले शर्मालाई जनार्दन शर्मासँग होइन, सिधै प्रतिस्पर्धामा आउन चुनौतीसमेत दिएका छन्।

यस विवादमा माओवादी निकट विभिन्न संगठनका नेताहरू समेत खुलेर उत्रिएका छन्।

अखिल (क्रान्तिकारी) की उपमहासचिव निर्मला गौतमले फेसबुकमा लेखेकी छन्, “जनार्दन शर्मासँग होइन, महेश बस्नेतसँग चुनाव लडेर आउनुहोस्, संसदमा हेर्न मन छ।”

त्यस्तै, पूर्वसचिव खेम रनपहेलीले पार्टी अध्यक्षको नाम भजाएर दादागिरी नगर्न चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077