Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले कडरियालाई समर्थन गरेपछि असन्तुष्टहरुले गरे हलमै नाराबाजी

एमाले अध्यक्ष ओलीले कडरियालाई समर्थन गरेपछि असन्तुष्टहरुले गरे हलमै नाराबाजी

मंगलवार , जेठ २८, २०८२

काठमाडौं । अनेरास्ववियुको जारी २४औं महाधिवेशनको अध्यक्ष पदमा सुजन कडरियाको नाम प्रस्ताव गरिएपछि असन्तुष्टहरुले नाराबाजी गरेका छन् ।

अध्यक्ष पदमा दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अञ्जना सिवाकोटी र कडरियाले  दावी गरेका छन् ।

तर एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन कडरियालाई हुँदा अध्यक्ष मण्डलबाट उनकै नाम प्रस्ताव गरिएको छ ।

अध्यक्ष मण्डलले प्रस्ताव गरेको नामप्रति अरु आकांक्षीले सहमति जनाएका छैनन् ।

प्रस्ताव हुनासाथ हलमा निर्वाचनको माग राखेर नाराबाजी गरिएकाले प्रस्ताव प्रक्रिया पनि रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077