Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

अनेरास्ववियुमा जुटेन सहमति, भोलि मतदान हुने

अनेरास्ववियुमा जुटेन सहमति, भोलि मतदान हुने

मंगलवार , जेठ २८, २०८२

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुमा सहमति नजुटेपछि भोली मतदान हुने भएको छ ।

अनेरास्ववियुको नेतृत्वमा सुजन कडरियाको नाम प्रस्ताव गरिएपछि सहमति नजुट्दा निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

अनेरास्ववियुको जारी २४औं महाधिवेशनको अध्यक्ष पदमा कडरियाको नाम प्रस्ताव गरिएपछि असन्तुष्टहरुले नाराबाजी गरेका थिए ।

कडरियालाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन छ ।
अध्यक्ष पदमा दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अञ्जना सिवाकोटी र कडरियाले दावी गरेका छन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार, आजै ३ देखि ५ बजेसम्म उम्मेदवारी दर्ता फारम वितरण गर्ने, ४ देखि ६ बजेसम्म दर्ता गर्ने जनाएको छ ।

आजै राति ८ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने समितिले बताएको छ ।

मतदान भोलि बिहान १० बजेदेखि ५ बजेसम्म हुने मतदान कार्यतालिकामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077