Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अल्पकालीन ब्याजदर बढाउन ४० अर्ब रुपैयाँको तरलता खिच्दै राष्ट्र बैंक

अल्पकालीन ब्याजदर बढाउन ४० अर्ब रुपैयाँको तरलता खिच्दै राष्ट्र बैंक

बुधवार , जेठ २९, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले अल्पकालीन ब्याजदर बढाउन बुधबार ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ ।

केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर साढे २ प्रतिशतमा झरेपछि निक्षेप संकलन उपकरण प्रयोग गरेको हो ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता र अल्पकालीन ब्याजदरलाई हेरेर तरलता खिच्ने र पठाउने गर्छ ।

पछिल्लो समयमा कर्जाको माग बढ्न नसक्दा र रेमिट्यान्स आप्रवाह निरन्तर वृद्धि हुँदा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या जटिल बन्दै गएको छ ।

केन्द्रीय बैंकले अल्पकालीन ब्याजदरलाई ब्याजदर करिडोर मार्फत सन्तुलित बनाउँदै आएको छ ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता अभाव भएको खण्डमा ब्याजदर करिडोरको माथिल्लो सीमा अर्थात बैंक दर ९६/५० प्रतिशतमा स्थायी तरलता सुविधा मार्फत पैसा दिन्छ ।

त्यसैगरी अधिक तरलता भएको खण्डमा स्थायी निक्षेप सुविधा मार्फत तरलता खिच्छ । स्थायी निक्षेप सुविधा दर ३ प्रतिशत तोकेको छ ।

केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमा ३ प्रतिशत भन्दा तल अन्तर बैंक दर साताको दुईपटकसम्म निक्षेप संकलन गरेको छ । यसै साताको आइतबार ४२ दिने निक्षेप संकलन गरेको केन्द्रीय बैंकले बुधबार पुन ४० अर्बको निक्षेप बोलकबोल गर्ने भएको हो ।

बुधबार जेठ ७ गते लिएको ५० अर्बको निक्षेप परिपक्क हुँदैछ । त्यसैगरी केन्द्रीय बैंकले स्थायी निक्षेप मार्फत लिएको पैसा पनि परिपक्क हुने भएपछि ४० अर्ब २१ निक्षेप संकलन आह्वान गरेको हो ।

केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर घटेपछि बोलकबोल मार्फत ब्याजदर निर्धारण गरी बढाउन खोजेको हा ।

निक्षेप संकलन मार्फत तरलता खिचेपछि तरलता घट्ने बित्तीकै बैंक वित्तीय संस्थाले धेरै ब्याजको माग गर्छन । त्यसपछि ब्याजदर बढ्न जान्छ ।

यो साताको आइतबार जारी भएको निक्षेप संकलन उपकरणको औसत ब्याजदर २.९९३५ प्रतिशत कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077