Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लगातार दुई दिन बढेको सेयर बजारमा दोहोरो अंकको गिरावट

लगातार दुई दिन बढेको सेयर बजारमा दोहोरो अंकको गिरावट

बुधवार , जेठ २९, २०८२

काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजार आज घटेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक १३.६९ अंक घटेको हो ।

सो गिरावटपछि नेप्से २६६४ अंकमा कायम भएको छ । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन १० अर्ब १६ करोडको कारोबार भएकोमा आज ९ अर्ब ९० करोडको भयो । ७७ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने एउटाको स्थिर रह्यो ।

आज हाइड्रोपावर बाहेक सबै सेक्टरका सूचक घटेका छन् । हाइड्रोपावर १.१३ प्रतिशत बढ्यो । अघिल्लो दिन सबैभन्दा धेरै ५ प्रतिशत बढेको फाइनान्स आज १.३१ प्रतिशत घट्यो ।

त्यस्तै बैंकिङ ०.५१, विकास बैंक ०.७८, होटल तथा पर्यटन १.०८, लगानी १.०७, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन ०.६१, माइक्रोफाइनान्स ०.४१, निर्जीवन बीमा ०.७१, अन्य १.५७ र व्यापार समूह ०.९२ प्रतिशत घटे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077