Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

आज दुईवटा संसदीय समितिको बैठक बस्दै

आज दुईवटा संसदीय समितिको बैठक बस्दै

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।

बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० का सुझाव र समितिले विभिन्न समयमा दिएको निर्देशन कार्यान्वयनको प्रगतिको अवस्थामा छलफल गर्ने कार्यसूची छ ।

दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिका बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077